नाका वार्डको बारेमा
नाखा वडाको परिचय
- नाखा वडा, योकोहामा नगरमा रहेको 18 वटा वडा मध्ये पनि समुन्द्रको छेउमा अवस्थित, प्रशासनिक केन्द्रको रुपमा रहेको एरिया “नाखा वडा” हो।
अनि, योकोहामा नगर भित्र पनि, बढी प्रख्यात पर्यटकीय स्थल र ऐतिहासिक सम्पदाहरू धेरै भएको ठाउँ हो।
नाखा वडामा बसोबास गर्ने विदेशी नागरिकको बसोबासको अवस्था

- नाखा वडामा, विभिन्न किसिमका भिसा भएका जनसंख्याको 10 प्रतिशत, 15,000 जना भन्दा बढी विदेशी नागरिक बसोबास गर्दै आइरहेको छ।
- उनीहरू 90 वटा देश / क्षेत्रका हुन।
शहरको विभिन्न कार्यक्रम तथा संरचनाहरू
नाखा वडा पर्यटकीय स्थल सम्बन्धि जानकारी
योकोहामा नगर र नाखा वडामा, धेरै पर्यटकीय स्थान छन्। रमाइलो कार्यक्रम पनि धेरै आयोजना गर्ने गरिरहेको छ।
शारीरिक व्यायाम / पार्क / पुस्तकालय
शारीरिक व्यायाम गर्न सक्ने स्थान तथा पार्क, पुस्तकालय पनि छन्।
स्थानीय कार्यक्रममा भाग लिने गरौं
- बसोबास गर्दै आएको शहरमा चिनजानका मानिसहरू वृद्धि भएमा दैनिक जीवनयापन अझ रमाइलो हुन्छ होला।
- स्थानीय एरियामा सजिलै भाग लिन सक्ने गतिविधि तथा कार्यक्रमहरू थुप्रै छन्। स्थानीय क्षेत्रका मानिसहरुसँग भेटघाट तथा आदान प्रदान गरौं।
- स्थानीय बासीहरू बीच भेटघाट तथा आदान प्रदानको लागि, बोन-ओदोरी, नाचु-माचुरी, खेलकुद प्रतियोगिता (उन्दोउखाइ), बजार, रेडियो शारीरिक व्यायाम आदि, बच्चा देखि बृद्ध सम्म रमाउन सक्ने विभिन्न किसिमका कार्यक्रमहरू संचालन गर्दै आएको छ।

मोचिचुकि 
खटयात्रा (ओमिकोसी) 
टोल सफाइ कार्यक्रम 
विपद् रोकथाम अभ्यास
जिचिखाई, च्योउनाई-खाई (टोल सुधार समिति) मा प्रवेश गरौं
- स्थानीय क्षेत्रमा, “जिचिखाई, च्योउनाई-खाई” भनिने, स्थानीय बासिन्दाहरू नै अग्रसर भएर स्थापना गरिएका स्थानीय संस्थाहरु पनि छन्। यस क्षेत्रमा बस्ने जो कोही पनि यस संस्थामा आबद्ध हुन सक्छन्।
बहू भाषाबाट जानकारी (विदेशी भाषामा जानकारी)
- नाखा वडा कार्यालयले, वर्षमा 4 पटक “बहु भाषामा जनसम्पर्क पत्रिका” अंग्रेजी र चाइनीज भाषामा प्रकाशन गर्दै आइरहेको छ।
दोभासे / भाषा अनुवाद / परामर्श
- दोभासे सेवाको लागि अनुरोध गर्न चाहेमा
- कागजात अनुवादको अनुरोध गर्न चाहेमा
- कानूनी सल्लाह
- श्रम सम्बन्धि परामर्श
कम्पनीसँग कुनै समस्या भएको बेलामा परामर्श गर्ने काउन्टर छ



