बसाइ सरेर आउने विदेशी नागरिक लक्षित जीवनयापन निर्देशिका जीवनयापन सम्बन्धि जानकारीको सूचना

रमाइलो जीवनयापनको लागि

नाका वार्डको बारेमा

नाखा वडाको परिचय

  • नाखा वडाको वसन्त ऋतुको दृष्य
  • नाखा वडाको गर्मीयामको दृष्य
  • नाखा वडाको शरद ऋतुको दृष्य
  • नाखा वडाको जाडोयामको दृष्य
  • नाखा वडा, योकोहामा नगरमा रहेको 18 वटा वडा मध्ये पनि समुन्द्रको छेउमा अवस्थित, प्रशासनिक केन्द्रको रुपमा रहेको एरिया “नाखा वडा” हो।
    अनि, योकोहामा नगर भित्र पनि, बढी प्रख्यात पर्यटकीय स्थल र ऐतिहासिक सम्पदाहरू धेरै भएको ठाउँ हो।

नाखा वडामा बसोबास गर्ने विदेशी नागरिकको बसोबासको अवस्था

नाखा वडामा बसोबास गर्ने विदेशी नागरिकको अनुपात
  • नाखा वडामा, विभिन्न किसिमका भिसा भएका जनसंख्याको 10 प्रतिशत, 15,000 जना भन्दा बढी विदेशी नागरिक बसोबास गर्दै आइरहेको छ।
  • उनीहरू 90 वटा देश / क्षेत्रका हुन।

शहरको विभिन्न कार्यक्रम तथा संरचनाहरू

नाखा वडा पर्यटकीय स्थल सम्बन्धि जानकारी

योकोहामा नगर र नाखा वडामा, धेरै पर्यटकीय स्थान छन्। रमाइलो कार्यक्रम पनि धेरै आयोजना गर्ने गरिरहेको छ।

शारीरिक व्यायाम / पार्क / पुस्तकालय

शारीरिक व्यायाम गर्न सक्ने स्थान तथा पार्क, पुस्तकालय पनि छन्।

स्थानीय कार्यक्रममा भाग लिने गरौं

  • बसोबास गर्दै आएको शहरमा चिनजानका मानिसहरू वृद्धि भएमा दैनिक जीवनयापन अझ रमाइलो हुन्छ होला।
  • स्थानीय एरियामा सजिलै भाग लिन सक्ने गतिविधि तथा कार्यक्रमहरू थुप्रै छन्। स्थानीय क्षेत्रका मानिसहरुसँग भेटघाट तथा आदान प्रदान गरौं।
  • स्थानीय बासीहरू बीच भेटघाट तथा आदान प्रदानको लागि, बोन-ओदोरी, नाचु-माचुरी, खेलकुद प्रतियोगिता (उन्दोउखाइ), बजार, रेडियो शारीरिक व्यायाम आदि, बच्चा देखि बृद्ध सम्म रमाउन सक्ने विभिन्न किसिमका कार्यक्रमहरू संचालन गर्दै आएको छ।
  • मोचिचुकि
    मोचिचुकि
  • खटयात्रा (ओमिकोसी)
    खटयात्रा (ओमिकोसी)
  • टोल सफाइ कार्यक्रम
    टोल सफाइ कार्यक्रम
  • विपद् रोकथाम अभ्यास
    विपद् रोकथाम अभ्यास

जिचिखाई, च्योउनाई-खाई (टोल सुधार समिति) मा प्रवेश गरौं

  • स्थानीय क्षेत्रमा, “जिचिखाई, च्योउनाई-खाई” भनिने, स्थानीय बासिन्दाहरू नै अग्रसर भएर स्थापना गरिएका स्थानीय संस्थाहरु पनि छन्। यस क्षेत्रमा बस्ने जो कोही पनि यस संस्थामा आबद्ध हुन सक्छन्।

बहू भाषाबाट जानकारी (विदेशी भाषामा जानकारी)

  • नाखा वडा कार्यालयले, वर्षमा 4 पटक “बहु भाषामा जनसम्पर्क पत्रिका” अंग्रेजी र चाइनीज भाषामा प्रकाशन गर्दै आइरहेको छ।

दोभासे / भाषा अनुवाद / परामर्श

  • कागजात अनुवादको अनुरोध गर्न चाहेमा
  • कानूनी सल्लाह
  • श्रम सम्बन्धि परामर्श
    कम्पनीसँग कुनै समस्या भएको बेलामा परामर्श गर्ने काउन्टर छ