बसाइ सरेर आउने विदेशी नागरिक लक्षित जीवनयापन निर्देशिका जीवनयापन सम्बन्धि जानकारीको सूचना

तपाईले अनिवार्य रूपले गर्नै पर्ने कुराहरू

  • राष्ट्रिय स्वास्थ्य बीमामा आबद्ध हुने
  • पेन्सनमा आबद्ध हुने
  • कर तिर्ने
  • फोहरलाई वर्गीकरण गरेर फाल्ने
  • राष्ट्रिय स्वास्थ्य बीमामा आबद्ध हुने
  • पेन्सनमा आबद्ध हुने
  • कर तिर्ने
  • फोहरलाई वर्गीकरण गरेर फाल्ने

राष्ट्रिय स्वास्थ्य बीमामा आबद्ध हुने

चिकित्सा उपचार खर्च व्यहोर्ने
  • जापानमा बसोबास गर्नको लागि स्वास्थ्य बीमामा आबद्ध हुनु अनिवार्य छ। स्वास्थ्य बीमामा आबद्ध भएमा, चिकित्सा उपचार खर्च मध्ये आफूले व्यहोर्ने रकम कम हुन्छ।
  • स्वास्थ्य बीमा 3 किसिम (“स्वास्थ्य बीमा” “जेष्ठ नागरिक चिकित्सा प्रणाली” “राष्ट्रिय स्वास्थ्य बीमा”) मध्ये कुनै एकमा आबद्ध हुनै पर्छ। कम्पनीको बीमामा आबद्ध नहुने व्यक्तिले वडा कार्यालयमा आबद्धताको लागि प्रक्रिया चाल्नु पर्छ।
  • अस्पतालमा जाने बेलामा, “स्वास्थ्य बीमा प्रमाणपत्र (कार्ड)” साथमा लिएर जानु आवश्यक छ।
  • चिकित्सा उपचार खर्चको सहयोग प्रणाली
    विशेष खालको रोग विरुद्धको रोकथाम / उपचार गर्ने उदेश्य, अपाङ्ग व्यक्तिलाई कल्याणकारी कार्यलाई बढावा दिने उदेश्यको रुपमा, राज्य वा प्रिफेक्चर, पालिका (वडा) आदिले चिकित्सा उपचार खर्च मध्ये आफूले व्यहोर्ने रकमको केही अंश व्यहोर्ने (सहयोग) गर्ने प्रणाली हो।
  • उच्च रकमको चिकित्सा उपचार खर्च प्रणाली
    एउटै महिना (1 तारिख देखि मसान्त सम्म) लागेको चिकित्सा उपचार खर्च मध्ये आफूले व्यहोर्नु पर्ने रकम उच्च भएको बेलामा, निश्चित रकम (आफूले व्यहोर्ने अधिकतम रकमको सीमा) भन्दा बढी भएको रकम, पछि फिर्ता पाउने प्रणाली छ।

पेन्सनमा आबद्ध हुने

पेन्सनमा आबद्ध
  • जापानमा बसोबास गर्ने 20 वर्ष देखि 59 वर्ष सम्मको व्यक्ति, जापानको नागरिक पनि विदेशी नागरिक पनि सबै जना “राष्ट्रिय पेन्सन” मा आबद्ध हुनु अनिवार्य छ।
  • ”राष्ट्रिय पेन्सन” मा आबद्ध भइरहेको विदेशी नागरिक स्वदेश फर्कने बेलामा, पेन्सन परित्याग बापत एकमुष्ट रकम प्राप्त गर्न सक्ने अवस्था पनि छ।

कर तिर्ने

तलव / कर
  • कर तिर्ने कर्तव्य छ
  • कर, राज्यलाई तिर्ने “राज्य कर” र, प्रिफेक्चर तथा पालिकालाई तिर्ने “स्थानीय कर (नगरपालिका कर, प्रिफेक्चर कर आदि)” छन्।
  • तलवमा लाग्ने करमा आयकर (राज्य कर) र नगरपालिका कर (स्थानीय कर) छन्।

फोहरलाई वर्गीकरण गरेर फाल्ने

फोहर फाल्ने नियम
  • फोहर “जलाउने फोहर” “प्लाष्टिक” “सिसी / क्यान / प्लाष्टिक बोटल” “पुरानो कागज” आदिको किसिमलाई छुट्याएर अलग-अलग फाल्नुहोस्।
  • बार अनुसार फाल्ने फोहरको किसिम तोकिएको छ। प्रत्येकको फोहर संकलन स्थानमा देख्ने गरी राखेको हुन्छ पढ्नुहोस्।
  • फोहर फाल्ने स्थान र समय पनि तोकिएको छ। समय बिहान 8 बजे सम्म हो।
  • फोहर र पुनः प्रयोग गर्ने फोहरलाई वर्गीकरण गर्ने तरिका र फाल्ने तरिका, इन्टरनेट वा स्मार्टफोनमा चेक गर्न सक्नु हुन्छ।
  • ठूलो साइजको फोहर (ठूलो फोहर)
    ठूलो साइजको फोहर फाल्नको लागि निवेदन दिनु पर्ने अनि शुल्क पनि लाग्छ। फोन वा इन्टरनेटबाट निवेदन दिन सकिन्छ।
    फोन: 0570-200-530 / 045-330-3953
ठूलो साइजको फोहर