जापानमा बसोबास गर्नको लागि स्वास्थ्य बीमामा आबद्ध हुनु अनिवार्य छ। स्वास्थ्य बीमामा आबद्ध भएमा, चिकित्सा उपचार खर्च मध्ये आफूले व्यहोर्ने रकम कम हुन्छ।
स्वास्थ्य बीमा 3 किसिम (“स्वास्थ्य बीमा” “जेष्ठ नागरिक चिकित्सा प्रणाली” “राष्ट्रिय स्वास्थ्य बीमा”) मध्ये कुनै एकमा आबद्ध हुनै पर्छ। कम्पनीको बीमामा आबद्ध नहुने व्यक्तिले वडा कार्यालयमा आबद्धताको लागि प्रक्रिया चाल्नु पर्छ।
अस्पतालमा जाने बेलामा, “स्वास्थ्य बीमा प्रमाणपत्र (कार्ड)” साथमा लिएर जानु आवश्यक छ।
चिकित्सा उपचार खर्चको सहयोग प्रणाली
विशेष खालको रोग विरुद्धको रोकथाम / उपचार गर्ने उदेश्य, अपाङ्ग व्यक्तिलाई कल्याणकारी कार्यलाई बढावा दिने उदेश्यको रुपमा, राज्य वा प्रिफेक्चर, पालिका (वडा) आदिले चिकित्सा उपचार खर्च मध्ये आफूले व्यहोर्ने रकमको केही अंश व्यहोर्ने (सहयोग) गर्ने प्रणाली हो।
उच्च रकमको चिकित्सा उपचार खर्च प्रणाली
एउटै महिना (1 तारिख देखि मसान्त सम्म) लागेको चिकित्सा उपचार खर्च मध्ये आफूले व्यहोर्नु पर्ने रकम उच्च भएको बेलामा, निश्चित रकम (आफूले व्यहोर्ने अधिकतम रकमको सीमा) भन्दा बढी भएको रकम, पछि फिर्ता पाउने प्रणाली छ।
2पेन्सनमा आबद्ध हुने
जापानमा बसोबास गर्ने 20 वर्ष देखि 59 वर्ष सम्मको व्यक्ति, जापानको नागरिक पनि विदेशी नागरिक पनि सबै जना “राष्ट्रिय पेन्सन” मा आबद्ध हुनु अनिवार्य छ।
”राष्ट्रिय पेन्सन” मा आबद्ध भइरहेको विदेशी नागरिक स्वदेश फर्कने बेलामा, पेन्सन परित्याग बापत एकमुष्ट रकम प्राप्त गर्न सक्ने अवस्था पनि छ।