PAGE
TOP

नाखा अन्तराष्ट्रिय आदानप्रदान लाउन्जको परिचय

विषय सूची

1नजिकको परामर्श काउन्टर

1-1विभिन्न विषयमा परामर्श गर्न सकिने “नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्ज”

“नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्ज” मा, नाखा वडा भित्र बसोबास गर्ने विदेशी नागरिकको नजिकको परामर्श काउन्टर हो। जापानको बसाइमा तपाइले अनुभव गरेका विभिन्न कुराको परामर्शमा, तपाईले बुझ्ने भाषामा जवाफ दिइने छ। कुनै पनि बेला तपाईलाई पायक पर्ने समयमा नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्जमा आउनुहोस्।

धेरै जसो परामर्श गरिने विषयको बारेमा जानकारी

  • जापानीज भाषा अध्ययन गर्न सक्ने भाषा कक्षाहरुको बारेमा जानकारी दिइने छ। (जापानीज भाषा पढ्न चाहन्छु)
  • कानून / भिसा / रोजगार आदिको सम्बन्धित परामर्श काउन्टरको बारेमा जानकारी दिइने छ। (रोजगारको बारेमा)
  • बच्चा विद्यालयमा भर्ना हुने बेलाको प्रक्रियाको बारेमा जानकारी दिइने छ। (विद्यालयको बारेमा)
  • दोभासे वा अनुवाद गर्ने स्वयम सेवक चिनाउने वा दर्ता गर्न सकिन्छ। (स्वयम सेवकको बारेमा)

1-2हाम्रा मुख्य सेवाहरु

नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्जमा, परामर्श काउन्टर बाहेक, जापानीज भाषा कक्षा संचालन तथा बच्चाको पढाइलाई सघाउने कार्य पनि गरिरहेको छ। अनि, विदेशी मुलका युवाहरू भेटघाट तथा आदान प्रदान गर्ने स्थानको व्यवस्था गर्नुका साथै, जापानीहरु सँग मिलेर विभिन्न कार्यक्रमहरू आयोजन गरिरहेको छ।

  • जापानीज भाषाको कक्षा
  • विदेशी मुलका युवाहरूको स्थान निर्माण “रेन्बो स्पेस”
  • जुनियर हाइस्कूल तथा हाइस्कूलमा पढ्ने विदेशीको पढाइलाई सहयोग गर्ने कक्षा
  • बहू सांस्कृतिक सह-अस्तित्व स्वयम सेवकको उत्पादन र स्थानीय व्यक्ति काममा लगाउने (दोभासे, अनुवादक आदि, स्थानीय कार्यक्रममा सहयोग)
  • विदेशी नागरिकको स्थानीय कार्यक्रममा सहभागी र स्थानीय गतिविधिमा संयोजन गर्ने
  • बहू संस्कृतिको बुझाइलाई प्रवर्धन गर्ने कार्यक्रम आयोजना आदि
  • नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्जमा दोभासे / अनुवादक स्वयम् सेवक माग गरिरहेको छ।
    स्थानीय कार्यक्रम आदिमा भाषा अनुवाद गर्ने, पर्चाहरूलाई अनुवाद गर्ने स्वयम् सेवकहरू चाहिएको छ!

लाउन्जले संयोजन गरिरहेको स्थानीय गतिविधिहरू

2जापानीज भाषा अध्ययन

2-1लाउन्जले संचालन गर्दै आएको जापानी भाषा कक्षा

  • निश्चित अवधिको भाषा कक्षा (वसन्त / शरद ऋतुको अवधि, प्रत्येक हप्ताको मंगलवार, बिहीवार (10:30 देखि 12:00 सम्म) 6,000 येन / कूल 30 पटक)
  • पहिलो पटकको जापानीज भाषा कक्षा (प्रत्येक हप्ताको मंगलवार, बिहीवार (10:30 देखि 12:00 सम्म) 2,000 येन / कूल 10 पटक)

लाउन्ज जापानीज भाषा कक्षाको बारेमा जानकारी

2-2स्थानीय स्वयम सेवक जापानीज भाषा कक्षाको बारेमा जानकारी

नाखा वडामा अन्य ठाउँमा स्वयम सेवकहरूले संचालन गर्दै आएको स्थानीय जापानीज भाषा कक्षा पनि छन्।
नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्जमा सम्बन्धित सबै कक्षाको बारेमा जानकारी दिइने छ।

नाखा वडाको स्वयम सेवक जापानीज भाषाको बारेमा जानकारी

2-3जापानीज भाषा अध्ययन गर्न सक्ने साइटको बारेमा जानकारी

3आउने तरिका

नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्ज, नाखा वडा कार्यालयसँगैको अर्को भवनको पहिलो तल्लामा छ।
कुनै पनि बेला, आउनु होस्।
नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्जको होमपेजबाट पनि, यो साइट कुनै पनि बेला हेर्न सक्नु हुन्छ।

  • नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्जको बाहिरबाट देखिने दृष्य
  • नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्ज अध्ययन सहायताको दृष्य
  • नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्ज रेन्बो स्पेस
आउने तरिका नाखा-कु निहोन ओदोरी 35 नाखा वडा कार्यालय सँगैको भवनको पहिलो तल्ला, नाखा वडावासी गतिविधि केन्द्र भित्र
फोन 045-210-0667(अँग्रेजी, चाइनीज, सजिलो जापानीज भाषा)
फ्याक्स 045-224-8343
खुल्ने समय 9:15~17:00
बन्द हुने दिन प्रत्येक महिनाको तेस्रो आइतवार र नयाँ वर्षको बिदा (12/291/3)
ईमेल nakalounge@yoke.or.jp
  • नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्ज सम्म पुग्ने पहुँच मार्गको नक्सा
  • लाउन्जमा कुनै पनि बेला आउनु सक्नु हुन्छ