PAGE
TOP

तपाई आनन्द पूर्वक जीवनयापन गर्नको लागि

विषय सूची

1हुलाक / बैंक

पोष्ट अफिस

1-1हुलाक

  • जापानको पोष्ट अफिस र पोष्ट बक्सको मार्क “〒” हो। रातो रंगको पृष्ठभूमिमा लेखिएको हुन्छ।
  • जापान भित्र र विदेशमा चिठ्ठीपत्र तथा पार्सल पठाउन सकिन्छ।
  • बसाइ सरे पछि सो को जानकारी पोष्ट अफिसमा दिनुहोस्। एक वर्ष सम्म पुरानो ठेगानामा आएको चिठ्ठीपत्र नयाँ ठेगानामा डेलिभरी गर्छ।

1-2बैंक

  • बैंकको अफिसमा बैंकखाता खोल्ने प्रक्रिया चाल्न सक्छ।
  • बचत, रकमान्तर, सार्वजनिक महसुल आदि रकमान्तर गर्न सकिन्छ।
  • गाना तथा भिसाको अवधि तथा भिसाको किसिम आदिको विवरणमा कुनै परिवर्तन भएको बेलामा, तुरुन्तै बैंकलाई जानकारी दिनुहोस्।

2काम

2-1काम खोज्ने

  • काम खोज्ने वा रोजगार बीमाको बारेको प्रश्न / परामर्श लिन सक्नु हुन्छ

2-2काम गर्ने बेलामा

  • जापानमा काम गर्नु भन्दा पहिला, भिसा, काम गर्ने तरिका (स्थायी कर्मचारी, छोटो समय काम गर्ने आदि) श्रम सम्झौता, तलव आदिको बारेमा जानकारी लिने गरौं।
  • कानून र कम्पनी पिच्छे काम गर्ने बेलाको नियम (तबल / काम गर्ने समय / बिदा) तोकिएको हुन्छ।

3बच्चासँग जीवनयापन गर्ने

3-1गर्भवती भए देखि सुत्केरी सम्म

  • अस्पतालमा जाँच गराउँदा गर्भवती भएको कुरा थाहा पाए पछि, सके सम्म छिटो, वडा कार्यालयको बच्चा र परिवार सहयोग शाखाबाट “मातृ-शिशु स्वास्थ्य पुस्तिका” लिने गरौं। बहूभाषामा लेखिएको “मातृ-शिशु स्वास्थ्य पुस्तिका” पनि छ।
  • मातृ-शिशु स्वास्थ्य पुस्तिकाको साथमा आमा र शिशुको स्वास्थ्य परीक्षण शुल्क सस्तो हुने कुपन पनि पाउनु हुन्छ।

3-2बच्चा हुर्काउने (प्राथमिक विद्यालयमा भर्ना हुनु अगाडि सम्म)

  • शिशु स्याहार केन्द्र / नर्सरी स्कूल आदि, प्राथमिक विद्यालयमा भर्ना हुनु अगाडिका बालबालिकाहरूको हेर बिचार गर्ने र शिक्षादीक्षा दिने स्थान छन्।
अनिवार्य शिक्षा

3-3अनिवार्य शिक्षा (प्राथमिक तह देखि जुनियर हाइस्कूल सम्म)

  • अनिवार्य शिक्षा, प्राथमिक तह देखि जुनियर हाइस्कूल तह सम्म हो। विद्यालयमा भर्ना, बीचमा भर्ना हुने प्रक्रिया, विद्यालयमा गरिने जापानीज भाषाको अध्ययन (मातृभाषाबाट सहयोग, जापानीज भाषा अभ्यास सहयोग आधार “हिमावारी” अन्तराष्ट्रिय कक्षा) को बारेमा, अभिभावकले थाहा पाइ राख्नु पर्ने कुराहरु चेक गर्नुहोस्।

3-4हाइस्कूल वा सो भन्दा माथिको शिक्षा

  • हाइस्कूल र विश्वविद्यालयमा उच्च शिक्षाको लागि भर्ना हुनको लागि, प्रवेश परीक्षा दिनु आवश्यक छ।
  • स्वदेश वा विदेशको जुनियर हाइस्कूल तह पास भएर, हाइस्कूलमा भर्ना हुन इच्छुक व्यक्तिलाई
विद्यालय / उच्च शिक्षामा जाने

3-5उच्च तहमा कुन विषय पढ्ने कहाँ पढ्ने बारेमा परामर्श

  • उच्च तहमा कुन विषय पढ्ने कहाँ पढ्ने बारेमा परामर्श लिन चाहेमा वा, जापानको विद्यालयको बारेमा थप कुरा थाहा पाउन चाहेको बेलामा, परामर्श लिने काउन्टर