अस्पतालमा जाँच गराउँदा गर्भवती भएको कुरा थाहा पाए पछि, सके सम्म छिटो, वडा कार्यालयको बच्चा र परिवार सहयोग शाखाबाट “मातृ-शिशु स्वास्थ्य पुस्तिका” लिने गरौं। बहूभाषामा लेखिएको “मातृ-शिशु स्वास्थ्य पुस्तिका” पनि छ।
मातृ-शिशु स्वास्थ्य पुस्तिकाको साथमा आमा र शिशुको स्वास्थ्य परीक्षण शुल्क सस्तो हुने कुपन पनि पाउनु हुन्छ।
3-2बच्चा हुर्काउने (प्राथमिक विद्यालयमा भर्ना हुनु अगाडि सम्म)
शिशु स्याहार केन्द्र / नर्सरी स्कूल आदि, प्राथमिक विद्यालयमा भर्ना हुनु अगाडिका बालबालिकाहरूको हेर बिचार गर्ने र शिक्षादीक्षा दिने स्थान छन्।
3-3अनिवार्य शिक्षा (प्राथमिक तह देखि जुनियर हाइस्कूल सम्म)
अनिवार्य शिक्षा, प्राथमिक तह देखि जुनियर हाइस्कूल तह सम्म हो। विद्यालयमा भर्ना, बीचमा भर्ना हुने प्रक्रिया, विद्यालयमा गरिने जापानीज भाषाको अध्ययन (मातृभाषाबाट सहयोग, जापानीज भाषा अभ्यास सहयोग आधार “हिमावारी” अन्तराष्ट्रिय कक्षा) को बारेमा, अभिभावकले थाहा पाइ राख्नु पर्ने कुराहरु चेक गर्नुहोस्।