1जीवनयापनसँग सम्बन्धित जानकारी
1-1आगलागी / आपतकालिन / घटना / दुर्घटना भएको बेलाको सम्पर्क स्थान
आपतकालिन टेलिफोन नम्बर (आगलागी / एम्बुलेन्स /दुर्घटना आदि)
प्रहरी・・・・・・110 नम्बर
वारुणयन्त्र र एम्बुलेन्स ・・・・・・119 नम्बर
प्रहरी बिट (KOBAN/कोउबान): प्रहरी हुन्छ। सामान हराएमा, बाटो सोध्नु परेमा, बाटोमा हराएको आदि बेलामा सल्लाह गर्न सक्नु हुन्छ।
1-2बिरामी वा चोटपटक
बिरामी वा चोटपटक लागेको बेलामा, लक्षण तथा अवस्था हेरी नजिकको अस्पतालमा जँचाउनु होस्। ठूलो संयुक्त अस्पतालमा जँचाउनको लागि सिफारिस पत्र (स्योउखाइ-ज्यो) आवश्यक छ।
फोन #7119 वा 045-232-7119
- आपतकालिन परामर्श सेन्टर (24 सै घण्टा सेवा प्रदान / वर्षभरि सेवा) (जापानीज भाषा मात्र)
आकस्मिक बिरामी भएको बेलामा वा चोटपटक लागेर अस्पताल / क्लिनिकमा जाने वा एम्बुलेन्स बोलाउने कि भनि दुबिधा भएको बेला आदिमा, नर्सले लक्षणको बारेमा सोधपुछ गरी, आपतकालिनको स्तर वा जँचाउनु पर्ने आवश्यकताको बारेमा, सल्लाह दिने गर्छ। - अस्पतालमा दोभासे आवश्यकता परेको बेलामा, अस्पतालको सामाजिक कार्यकर्तासँग सल्लाह गर्नुहोस्।
- नाखा अन्तराष्ट्रिय आदान प्रदान लाउन्जमा, तपाईको भाषा प्रयोग गर्न सक्ने अस्पताल आदिको जानकारी दिने गरिरहेको छ।
1-3पालिका कार्यालयमा गरिने प्रक्रिया
- बसिरहेको स्थान परिवर्तन भएको बेलामा वा जन्म / मृत्यु / विवाह / सम्बन्ध विच्छेद को घटना दर्ता आदि, वडा कार्यालयमा प्रक्रिया चाल्नु आवश्यक छ।
- जापानमा पहिलो पटक निवासी दर्ता (ज्यूमिन तोउरोकु) गरेमा, लगभग 1 महिना पछि, माइनम्बर सूचनापत्र तपाईको ठेगानामा आउँछ। पुनः जारी गर्न नमिल्ने भएकोले, राम्रोसँग हिफाजतका साथ राख्नुहोस्।
- माइनम्बर सूचनापत्र प्राप्त गरे पछि स्मार्ट फोन आदिबाट आवेदन दिन सकिन्छ।
1-4भिसा / जाइर्यूउ कार्डको बारेमा
- भिसा र निवासी कार्ड(जाइर्यूउ कार्ड) को बारेमा विभिन्न कुरा थाहा पाइ राख्नुहोस्। आवश्यक प्रक्रिया नबिर्सिकन गर्नुहोस्
- ”विद्यार्थी” वा “आश्रित” आदि, काम गर्न नहुने भिसा पनि भएकोले, काम गर्न चाहेको बेलामा “भिसामा तोकिएको बाहेक अन्य कार्य गर्ने अनुमति” लिने गरौं।
- भिसाको प्रकार परिवर्तन, भिसाको अवधि नवीकरणको प्रक्रियाको लागि आवश्यक कागजातको बारेमा खोजीनिती गरौं।
विदेशी संयुक्त सूचना केन्द्र
फोन:0570-013904सेवा दिने समय: सामान्य दिन बिहान 8:30 बजे देखि साँझ 5:15 सम्म
1-51-5 यातायात साधन (रेल, बस, गाडी, साइकल)
रेल
-
नाखा वडामा JR लाइन, नगरपालिकाद्वारा संचालित सब-वे, मिनातो मिराइ लाइन, केइक्यू लाइन नामको रेल दौडिरहेको छ।
चढ्नको लागि नगद तिरेर किनेको टिकट वा IC कार्ड (Suica, PASMO आदि) प्रयोग गर्न सकिन्छ।
बस
-
नाखा वडामा, “अगाडिबाट चढेर पछाडिबाट ओर्लने” तरिकाबाट बसको भाडा तिर्ने तरिका छ। अगाडिको ढोकाबाट चढेर पछाडिको ढोकाबाट ओर्लने हो।
भाडा तिर्नको लागि, सिक्का, हजार येनको नोट, IC कार्ड (Suica, PASMO आदि) प्रयोग गर्न सक्नु हुन्छ।
गाडी (ड्राइभिङ्ग लाइसेन्स)
- जापानमा गाडी चलाउनको लागि ड्राइभिङ्ग लाइसेन्सलाई जापानीज लाइसेन्समा परिवर्तन गर्नु आवश्यक छ।
साइकल
- जापानमा साइकल खरिद गर्ने बेलामा, अपराध रोकथामको लागि दर्ता (बोउहान तोउरोकु) गर्नु आवश्यक छ। साइकलको सवारी नियम पालना गरौं।
1-6जीवनयापनको कुरा / लाइफ लाइन
- योकोहामा नगरमा नगरपालिकाद्वारा संचालित आवास अनि नगरपालिका र राज्यले घर भाडामा अलि सहुलियत दिँदै आएका आवासहरू पनि छन्।
- बस्ने घर खोज्न सहयोग गर्ने निकाय पनि छ।
- खानेपानी (धारा) को प्रयोग सुचारु गर्नको लागि, योकोहामा नगरको खानेपानी विभागमा प्रक्रिया चाल्नु आवश्यक छ।
- बिद्युतको प्रयोग सुचारु गर्नको लागि विद्युत कम्पनी, ग्याँसको प्रयोग सुचारु गर्नको लागि ग्याँस कम्पनीमा प्रक्रिया चाल्नु आवश्यक छ। रिएल स्टेट (घरजग्गा बहाल मिलाउने) कम्पनी आदिसँग सोधपुछ गर्नुहोस्।
- मोबाइल फोन (स्मार्ट फोन आदि) प्रयोग गर्नको लागि मोबाइल कम्पनीसँग सम्झौता गर्नु आवश्यक छ। सम्झौता गर्ने बेलामा, व्यक्तिगत परिचय पुष्टि हुने कागजात (जाइर्यू कार्ड वा माइनम्बर कार्ड आदि) आवश्यक छ।
- कुकुर पाल्ने बेलामा, वडा कार्यालयमा दर्ता गराउनु आवश्यक छ।
- जापानमा ढुक्क भएर जीवनयापन गर्नको लागि, आवश्यक कुरा तथा महत्वपूर्ण कुरालाई समेटेर बनाएको होमपेज पनि छ।
2विपद् रोकथाम सम्बन्धि जानकारी
2-1जापानको भूकम्प / हावा तथा जलजन्य विपदको बारेमा
- विपदको लागि तयारी गरौं
जापान प्राकृतिक विपद् (भूकम्प, समुन्द्री आँधी, भीषण वर्षा) धेरै हुने देश हो। -
भूकम्प गएको बेलामा सबै भन्दा पहिला आफ्नो ज्यान बचाउने गरौं।
①आफ्नो शरीरलाई होचो पार्ने, ②टाउकोलाई बचाउने, ③कम्पन नरोके सम्म यताउता नजाने
2-2विपदको बेलामा गर्नु पर्ने कार्य / भाग्ने ठाउँ / साथमा लिएर जाने बस्तु
- विपद् उत्पन्न भएको बेलामा, भाग्ने ठाउँ (आश्रय स्थल) छ। आफ्नो आश्रय स्थल कहाँ छ भनि यकिन गर्ने गरौं।
- भूकम्पको बेला र हावा तथा जलजन्य विपद्को बेलाको आश्रय स्थल फरक हुन्छ।
- योकोहामा नगरमा विपद् रोकथाममा सहयोग हुने एप्लिकेशन छ (सेफ्टी टिप्स)।
2-3परिवारलाई सम्पर्क गर्ने तरिका तथा छिमेकीसँगको हेलमेल
- विपदको समयमा परिवारसँग सम्पर्क गर्ने तरिका (SNS वा मेसेज बोर्ड) तथा जमघट हुने स्थान आदि तोक्ने गरौं।
- पहिला देखि नै छेमेकीसँग कुराकानी गर्ने जस्ता कार्य गरी, विपदको बेलामा एक आपसमा मद्दत गर्ने गरौं।
- स्थानीय क्षेत्रमा आयोजना गरिने विपद् रोकथाम अभ्यासमा भाग लिने गरौं।
2-4विपदको बेलामा प्रयोग हुने खानेकुरा तथा अन्य वस्तुको तयारी गर्न सुझाव, सूचना संकलन
- पहिला देखि नै विपदबाट बच्न तयारी गरि राख्नु आवश्यक छ।
- विदेशी भाषामा विपद् रोकथाम सम्बन्धि जानकारी

